Kathmandu Press

आईसीयूमा उपचार गरिरहेका विरामीको अन्तर्वार्ता लिएकोप्रति सांसद बाँस्कोटाको आपत्ति

‘उपचार कक्ष अस्पतालको अत्यन्त संवेदनशील र जटिल अवस्थामा रहेका बिरामीको उपचारका लागि छुट्याइएको विशेष कक्ष हो। यस्तो कक्षमा बिरामीको स्वास्थ्य, गोपनीयता र संक्रमण नियन्त्रणलाई सर्वोच्च प्राथमिकता दिइन्छ,’ उनले भनिन्।
आईसीयूमा उपचार गरिरहेका विरामीको अन्तर्वार्ता लिएकोप्रति सांसद बाँस्कोटाको आपत्ति

काठमाडौं, भदाै ३० : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटाले अस्पतालको आईसीयूमा उपचाररत बिरामीको अन्तर्वार्ता लिने तथा त्यसका लागि अनुमति दिने कार्यप्रति गम्भीर प्रश्न उठाएकी छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद बास्कोटाले उपचार कक्षमा उपचाररत बिरामीको स्वास्थ्य, गोपनीयता र संक्रमण नियन्त्रणलाई सर्वोच्च प्राथमिकता दिनुपर्ने बताएकी हुन्।  

‘उपचार कक्ष अस्पतालको अत्यन्त संवेदनशील र जटिल अवस्थामा रहेका बिरामीको उपचारका लागि छुट्याइएको विशेष कक्ष हो। यस्तो कक्षमा बिरामीको स्वास्थ्य, गोपनीयता र संक्रमण नियन्त्रणलाई सर्वोच्च प्राथमिकता दिइन्छ,’ उनले भनिन्।

बिरामीका परिवारका सदस्यलाई समेत निश्चित समय र आवश्यक स्वास्थ्यसम्बन्धी नियम पालना गरेर मात्र भेट्न दिइने गरेको उनले बताइन् । तर उनले दुई दिनअघि सार्वजनिक भएको एउटा अन्तर्वार्ताले संवेदनशिलतालाई नै उदाङ्गो पारिदिएको बताइन्। 

उनले अस्पतालमा उपचाररत, आइसीयूमा उपचार गरिरहेका बिरामीको अन्तर्वार्ता लिनु कति नैतिक र चिकित्सकीय रूपमा उचित हो भन्ने विषयमा गम्भीर प्रश्न उठाएकी हुन्। 

उद्धारपछि अस्पताल ल्याइएका बिरामीको पहिलो प्राथमिकता स्वास्थ्य अवस्था जाँच गरी आवश्यक उपचार गर्ने भए पनि कतिपय अवस्थामा सञ्चारमाध्यमले तत्कालै प्रश्न–उत्तर सुरु गर्ने प्रवृत्ति देखिएको उनले बताइन्। 

भोटेकोशी बाढीका कारण हाइड्रो पावर आयोजनामा सुरुङमा फसेर दुई घाइतेको उपचाररत अस्पतालमा युट्युवर सुरज सिंह ठकुरीले केही दिनअघि अन्तर्वार्ता लिएका थिए ।

प्रकाशित मिति: १५:५३ बजे, मंगलबार, भदौ ३०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्