नवग्रह मन्दिरको संरक्षण एवं प्रबर्द्वनमा कांग्रेस सचेतक राईले गराए संसदको ध्यानाकर्षण
आजको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै राईले नेपालकै पहिलो नवग्रह मन्दिर नेपालकै धार्मिक आस्थाको केन्द्र भएतापनि ठूलो सम्भावना हुँदाहुँदै पनि यसको आवश्यक पूर्वाधार विकास र राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रचार–प्रसार हुन नसकेको भन्दै यसको आवश्यक पूर्वाधार विकास र राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रचार–प्रसार गर्नुपर्नेमा जोड दिए ।
काठमाडौं, भदौं ३० : नेपाली कांग्रेसका सचेतक निश्कल राईले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेको नेपालकै पहिलो नवग्रह मन्दिर धार्मिक आस्था, पर्यटन र स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधार बनेको भन्दै संरक्षण एवं प्रबर्द्वनमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।
आजको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै राईले नेपालकै पहिलो नवग्रह मन्दिर नेपालकै धार्मिक आस्थाको केन्द्र भएतापनि ठूलो सम्भावना हुँदाहुँदै पनि यसको आवश्यक पूर्वाधार विकास र राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रचार–प्रसार हुन नसकेको भन्दै यसको आवश्यक पूर्वाधार विकास र राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रचार–प्रसार गर्नुपर्नेमा जोड दिए । उनले नवग्रह मन्दिरले स्थानीय व्यापार, रोजगारी र आयआर्जनमा उल्लेखनीय योगदान पुर्याइरहेको जानकारी समेत गराए ।
सांसद राईले धार्मिक पर्यटनमार्फत स्थानीय अर्थतन्त्रलाई थप सुदृढ बनाउन आवश्यक बजेट र प्रचारप्रसारका लागि विशेष कार्यक्रम सञ्चालन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएका हुन् ।
कांग्रेसले आफ्नो पार्टीका सांसद नभएका जिल्लाका समस्यालाई संसदमा उठाउन र समन्वय गर्नका लागि सांसदहरुलाई थप जिल्लाको जिम्मेबारी दिएको थियो । उक्त जिम्मेवारीमा स्याङ्जा जिल्लाको जिम्मेवारी पाएका राईले स्याङ्जाको धार्मिक एवं पर्यटकीय गन्तब्य नवग्रह मन्दिरको बिषयमा शून्य समयमा धारणा राखेका हुन् ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ जलबराह धार्मिक बन परिसरमा पञ्चकन्या मन्दिर परिसरमा रहेको मन्दिर छोटो समयमै जिल्लाको आकर्षणको केन्द्र बनेको छ । मन्दिर निर्माणसँगै आसपासको क्षेत्रमा धार्मिक पर्यटकको आगमन बढेको छ भने स्थानीय व्यापार, होटल, यातायात तथा अन्य व्यवसायमा समेत चहलपहल बढेको छ ।



-1789461333.png)





-1789461333.png)

