Kathmandu Press

महानगरमा घरजग्गा कारोबार उछालियो, काठमाडौंमा १५६ प्रतिशत वृद्धि

कारोबार भएको क्षेत्रफलका आधारमा पनि काठमाडौं महानगरपालिका अगाडि छ। काठमाडौंमा घरजग्गा कारोबार भएको कुल क्षेत्रफल २०८.२२ प्रतिशतले बढेको छ। कारोबारको कुल मूल्य पनि काठमाडौंमा सबैभन्दा बढी २१७.४० प्रतिशतले वृद्धि भएको छ।
महानगरमा घरजग्गा कारोबार उछालियो, काठमाडौंमा १५६ प्रतिशत वृद्धि

काठमाडौं, भदाै ३० : आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमासमा देशभर घरजग्गा कारोबार बढेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घरजग्गा कारोबारको संख्या १२.२५ प्रतिशतले बढेको हो।

महानगरपालिकामा भने कारोबार वृद्धिदर अझ उच्च देखिएको छ। काठमाडौं महानगरपालिकामा घरजग्गा कारोबार संख्या १५५.७४ प्रतिशतले बढेको छ। त्यस्तै, ललितपुरमा १३६.९२ प्रतिशत, पोखरामा १०८.७१ प्रतिशत, भरतपुरमा ६३.०४ प्रतिशत, विराटनगरमा ४७.५९ प्रतिशत र वीरगञ्जमा २९.१९ प्रतिशतले कारोबार बढेको छ।

कारोबार भएको क्षेत्रफलका आधारमा पनि काठमाडौं महानगरपालिका अगाडि छ। काठमाडौंमा घरजग्गा कारोबार भएको कुल क्षेत्रफल २०८.२२ प्रतिशतले बढेको छ। कारोबारको कुल मूल्य पनि काठमाडौंमा सबैभन्दा बढी २१७.४० प्रतिशतले वृद्धि भएको छ।

उपमहानगरपालिकातर्फ धनगढीमा घरजग्गा कारोबार संख्या ७३.१६ प्रतिशतले बढेको छ। कारोबार भएको क्षेत्रफल वृद्धिमा हेटौंडा १०४.१६ प्रतिशतसहित अगाडि छ। त्यस्तै, कुल कारोबार मूल्यमा हेटौंडामा १८६.८० प्रतिशतको वृद्धि भएको छ।

देशभर समीक्षा अवधिमा लिखत पारितको संख्या १२.२८ प्रतिशतले बढेको छ भने राजीनामा कारोबार २२.८८ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको चौथो त्रैमासमा राजीनामा कारोबारको वृद्धि ८.१५ प्रतिशत मात्रै थियो। त्यस्तै, घरजग्गा कारोबार भएको कुल क्षेत्रफल १५.४१ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल २.९८ प्रतिशतले घटेको थियो। पछिल्लो तथ्यांकले घरजग्गा बजारमा कारोबार संख्या, क्षेत्रफल र मूल्यमा सुधार देखिएको संकेत गरेको छ।

प्रकाशित मिति: १४:०० बजे, मंगलबार, भदौ ३०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्