तीजको अवसरमा प्रथम महिला सविता पौडेलद्वारा पशुपतिनाथमा पूजाअर्चना
राष्ट्रपति रामचन्द्र पौडेलकी धर्मपत्नि एवं प्रथम महिला सविताले सोमबार पशुपतिनाथ मन्दिरको मूल मन्दिरमा पुगी भगवान शिवको विधिपूर्वक पूजाअर्चना गरेकी हुन्।-1789386172.jpg)
काठमाडौं, भदाै २९ : नेपाली नारीहरूको महान् एवं विशेष पर्व हरितालिका तीजको अवसरमा प्रथम महिला सविता पौडेलले पशुपतिनाथ मन्दिर पुगेर पूजाअर्चना गरेकी छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलकी धर्मपत्नि एवं प्रथम महिला सविताले सोमबार पशुपतिनाथ मन्दिरको मूल मन्दिरमा पुगी भगवान शिवको विधिपूर्वक पूजाअर्चना गरेकी हुन्।
पूजापछि उनले मन्दिरका मूल पुजारीबाट टीका, फूल तथा प्रसाद ग्रहण गरिन्।
तीजको दिन पशुपतिनाथ परिसरमा बिहानैदेखि श्रद्धालु महिला भक्तजनहरूको उल्लेख्य भीड लागेको छ।
प्रकाशित मिति: १७:२७ बजे, सोमबार, भदौ २९, २०८३
प्रतिक्रिया दिनुहोस्




-1789386172.jpg)




-1789386172.jpg)

