Kathmandu Press

भाढी प्रभावित त्रिशुली पारीका १५० परिवारलाई युथ फाउडेशनले दियो भान्साका सामाग्री 

राहतहरु विदुर नगरपालिकाको त्रिशुली नदी वारी मात्रै थुप्रिएको गुनासो आएको बेला फाण्डेशनले त्रिशुली पारीको विदुर नगरपालिका ९ को हात्तिगौंडा, आँपुटारलगायतका होल्डिङ्ग सेन्टरमा बसोबास गरिरहेका  नागरिकहरूका लागि भान्साजन्य राहत सामाग्री वितरण गरेको हो। 
भाढी प्रभावित त्रिशुली पारीका १५० परिवारलाई युथ फाउडेशनले दियो भान्साका सामाग्री 

काठमाडौं, भदौं २८ : भोटेकोशी र त्रिशुली नदी तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई नेपाल युथ फाउण्डेशनले भान्साका लागि अत्यावश्यक सामाग्रीसहितको राहत वितरण गरेको छ । 

राहतहरु विदुर नगरपालिकाको त्रिशुली नदी वारी मात्रै थुप्रिएको गुनासो आएको बेला फाण्डेशनले त्रिशुली पारीको विदुर नगरपालिका ९ को हात्तिगौंडा, आँपुटारलगायतका होल्डिङ्ग सेन्टरमा बसोबास गरिरहेका  नागरिकहरूका लागि भान्साजन्य राहत सामाग्री वितरण गरेको हो। 

शुक्रबार एक कार्यक्रमकाबीच बाढी प्रभावित परिवारहरुलाई अत्यावश्यक सामाग्रीहरु हस्तान्तरण गरिएको थियो। 

‘एउटा परिवारलाई भान्सा सञ्चालन गर्न अत्यावश्यक पर्ने ग्याँस सिलिण्डर, ग्याँस चुलो, प्रेशर कुकर, राइस कुकर, थाल, कचौरा, गिलास, वाल्टी, गाग्री सहित २१ प्रकारका सामाग्रीहरु सहयोग स्वरुप नेपाल युथ फाउण्डेशनले वितरण गरेको छ’, विदुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष हरिराम भण्डारीले भने।

उनका अनुसार यो राहत सामाग्री वडाका कुल १५० प्रभावित परिवारलाई वितरण गरिएको छ । वडा कार्यालयको विषेश अनुरोध र समन्वयमा फाउण्डेशनले सामाग्रीहरु उपलब्ध गराएको वडा अध्यक्ष भण्डारीले बताए । 

‘विभिन्न निकायहरुबाट खाद्यान्नहरु त प्रर्याप्त आयो तर त्यसलाई  पकाएर खाने भाँडाकुडाँ लगायतका सामाग्रीहरु हामीसँग थिएन,’ वडाअध्यक्ष भण्डारीले भने, ‘वडाको पत्र र मागका आधारमा नेपाल युथ फाउडेशसनले तत्कालै किचनका सामाग्री उपलब्ध गरायो । यसले बाढी प्रभावित परिवारलाई ठूलो राहत मिलेको छ।’

ashokj-1789282014.jpg
 

उनले आवश्कत्ता पहिचान गरी राहत उपलब्ध गराए जस्तै आगामी दिनमा पनि फाउण्डेशनले प्रभावितहरुको पुनःस्थापना र बालबालिकाको शिक्षामा सहयोग पु¥याउने विश्वास व्यक्त गरे। 

बाढीले त्रिशुली पुललाई बगाए पछि सडक सञ्जालबाट विदुरसँग सम्पर्क विच्छेद भएको अवस्थामा पनि फाउण्डेशनले  ललितपुर स्थित केन्द्रीय कार्यालयबाट धादिङको वैकल्पिक बाटो हुदै सामाग्रीहरु नुवाकोट पु¥याएर हस्तान्तरण गरेको हो। 

काठमाडौंमा अस्थायी बसोवास भई रसुवा नाकामा मजदुरी गर्ने, जलविद्युत्त आयोजनामा मजदुरी गर्ने र आमाछोदिङमो गाउँपालिका रसुवाका बाढी प्रभावित ३७ परिवारलाई काठमाडौंका विभिन्न ठाउँमा फाउण्डेशनले खाद्यान्न सामाग्री समेत उपलब्ध गराएको छ। 

नेपाल युथ फाउण्डेशनले विगत ३५ वर्ष देखी नेपाली बालबालिकाको शिक्षा, स्वास्थ्य, मनोसामाजिक परामर्श, पोषण र युवाहरुलाई आत्म निर्भर बनाउन सिपमुलक तालिम सञ्चालन गर्दै आएको छ । जोखिममा परेका बालबालिकाहरुलाई प्राथमिकतामा राखेर शिक्षा, पोषण, मनोसामाजिक परामर्श जस्ता कार्यहरु फाउण्डेशनले नियमित सञ्चालन गर्दै आएको छ। 

प्रकाशित मिति: १२:३२ बजे, आइतबार, भदौ २८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्