Kathmandu Press

सल्यानमा जीप दुर्घटना, ३ जनाको मृत्यु

प्रहरीका अनुसार मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–६ पोखरीका ८ वर्षीय रेशम बुढाथोकी, त्रिवेणी गाउँपालिका–५ सल्लेका करिब १८ वर्षीया विपना बुढाथोकी र ५० वर्षीय डिल्लीबहादुर वली छन्।
सल्यानमा जीप दुर्घटना, ३ जनाको मृत्यु

सल्यान, भदौ २७ : सल्यानको त्रिवेणी गाउँपालिका–५ सिम्कमा भएको बोलेरो जिप दुर्घटना भएको छ।

शनिबार बिहान सिम्कबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको लु.प्र.०२–००१ ज ०००५ नम्बरको बोलेरो आफैँ अनियन्त्रित दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–६ पोखरीका ८ वर्षीय रेशम बुढाथोकी, त्रिवेणी गाउँपालिका–५ सल्लेका करिब १८ वर्षीया विपना बुढाथोकी र ५० वर्षीय डिल्लीबहादुर वली छन्।

रेशम र विपनाको सल्यानमै तथा डिल्लीबहादुरको उपचारका क्रममा दाङमा मृत्यु भएको थियो।

बोलेरो सडकबाट करिब ९० मिटर तल खसेर थियो। सो दुर्घटनामा तीन जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये चालक त्रिवेणी गाउँपालिका–५ सिम्कका २४ वर्षीय भुपाल पुनको अवस्था पनि गम्भीर छ।

घाइतेहरुका् दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। 

प्रकाशित मिति: १३:२४ बजे, शनिबार, भदौ २७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्