Kathmandu Press

नौ खर्ब ७७ अर्ब लगानी, दोहोरो अंकको आर्थिक बृद्धि

काठमाडौं, फागुन २८ : सरकारले आगामी पाँच वर्षभित्र नौ खर्ब ७७ अर्ब ७५ करोड लगानी गर्ने महत्वकांक्षी लक्ष्य लिइएको छ।

राष्ट्रिय योजना आयो....

नौ खर्ब ७७ अर्ब लगानी, दोहोरो अंकको आर्थिक बृद्धि
एजेन्सी

काठमाडौं, फागुन २८ : सरकारले आगामी पाँच वर्षभित्र नौ खर्ब ७७ अर्ब ७५ करोड लगानी गर्ने महत्वकांक्षी लक्ष्य लिइएको छ।

राष्ट्रिय योजना आयोगले तयार पारेको पन्ध्रौं योजनाको आधार पत्रको मस्यौदामा पाँच वर्षभित्र दोहोरो अंकको आर्थिक बृद्धिदरको लक्ष्य समेत राखिएको छ । आगामी आर्थिक वर्ष ०७६/७७ बाट शुरु हुने पन्ध्रौं योजना आर्थिक वर्ष ०८०/८१ सम्म चल्ने छ।

‘पन्ध्रौं योजनाको अन्त्यसम्म नेपालको आर्थिक बृद्धिदर १०.१ प्रतिशत हुने छ, सोही अनुसार लगानी गर्न आवश्यक छ,’ राष्ट्रिय योजना आयोगका सहसचिव खोमराज कोइरालाले भने । दोहोरो अंकको आर्थिक बृद्धिका लागि कम्तिमा पनि नौ खर्ब ७७ अर्बभन्दा बढी लगानी हुनुपर्ने प्रक्षेपण गरिएको कोइरालाले बताए।

योजना आयोगले आर्थिक वर्ष ०७६/७७ मा अधिकतम पाँच खर्बदेखि पाँच खर्च ५९ अर्ब रुपैयाँसम्म लगानी हुने अनुमान गरेको छ   । ०७७/७८ मा पाँच खर्ब ८० अर्बदेखि ६ खर्ब ३६ अर्बसम्म र ०७८/६९ मा ६ खर्ब ५३ अर्बदेखि सात खर्ब १९ अर्बसम्म लगानी गरिने प्रक्षेपण गरिएको छ।

त्यस्तै, ०७९/८० मा सात खर्ब ३० अर्बदेखि आठ खर्ब १९ अर्ब रुपैयाँसम्म र ०८०/८१ मा आठ खर्ब ४४ अर्बदेखि नौ खर्ब ३९ अर्बसम्म लगानी हुने आयोगको अनुमान छ।

सेवा क्षेत्रको ५७ प्रतिशत योगदान

पन्ध्रौ योजनाको अन्त्यसम्म उद्योग क्षेत्रकोे अर्थतन्त्रमा योगदान २०.३ प्रतिशत पु¥याइने लक्ष्य लिइएको छ । हाल उद्योग क्षेत्रको योगदान १४.८ प्रतिशत मात्रै रहेको छ। 

त्यस्तै, कृषि क्षेत्रको योगदान घटाएर २२.१ प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ । जसको हाल २७.६ प्रतिशत योगदान छ भने सेवा क्षेत्रको योगदान ५७.६ प्रतिशत पुग्ने लक्ष्य राखेको छ । जुन अहिले पनि ५७.६ प्रतिशतनै रहेको छ।

आर्थिक बृद्धि दोहोरो अंकमा

आगामी पाँच वर्षभित्र आर्थिक बृद्धिदरको लक्ष्य १०.१ प्रतिशत राखिएको छ । हाल सात प्रतिशत हाराहारी रहेको आर्थिक बृद्धि दर दोहोरो अंकमा पु¥याउने महत्वकांक्षी लक्ष्य लिइएको हो । दोहोरो अंकको बृद्धिका लागि नौ खर्ब अर्ब लगानी गर्ने लक्ष्य राखिएको छ।

जसमा सबैभन्दा बढी उद्योगमा बृद्धि गराउने लक्ष्य लिइएको छ । उद्योग क्षेत्रका बृृद्धिदर १७.१ प्रतिशत पुग्ने लक्ष्य लिइएको छ । उद्योगमा पाँच वर्षभित्र तीन खर्ब ५८ अर्ब लगानी गर्ने लक्ष्य राखिएको छ भने कृषिमा ५.६ प्रतिशतको बृद्धिदरको लक्ष्य राखिएको छ।

कृषिमा आठ खर्ब ३७ अर्ब ३० करोडको लगानीको लक्ष्य राखिएको छ । त्यस्तैगरी सेवामा ९.९ प्रतिशतको बृद्धिदरको लक्ष्य राखिएको छ । सेवा क्षेत्रमा पाँच वर्षभित्र पाँच खर्ब ३५ अर्ब रुपैयाँ लगानीको लक्ष्य राखिएको छ।

आर्थिक बृद्धिदर र लगानीको लक्ष्य कहाँ कति?

प्रकाशित मिति: १४:०५ बजे, मंगलबार, फागुन २८, २०७५