Kathmandu Press

बरिष्ठ पर्यटन व्यवसायी पाण्डे ‘बेस्ट ट्राभल एन्ड टुरिजम इन्टरप्रेन्योर अफ द इयर’बाट सम्मानित

टन तथा ट्राभल व्यवसायप्रतिको दीर्घकालीन समर्पण, व्यवसायिक उपलब्धि तथा नेपालको पर्यटन क्षेत्रमार्फत समाज र राष्ट्रमा पुर्‍याएको योगदानको सम्मानस्वरूप International Excellence Award 2026, Nepal & International Summit का अवसरमा पाण्डेलाई उक्त अवार्ड प्रदान गरिएको हो। 
बरिष्ठ पर्यटन व्यवसायी पाण्डे ‘बेस्ट ट्राभल एन्ड टुरिजम इन्टरप्रेन्योर अफ द इयर’बाट सम्मानित

काठमाडौं, भदौं २३ : नेपालको पर्यटन तथा ट्राभल व्यवसायमा उत्कृष्ट योगदान, उल्लेखनीय उपलब्धि र समाज तथा राष्ट्रको हितमा पुर्‍याएको योगदानको कदर गर्दै वरिष्ठ पर्यटन व्यवसायी सुमन बिक्रम पाण्डेलाई ‘Best Travel & Tourism Entrepreneur of the Year’ अवार्ड प्रदान गरिएको छ।

टन तथा ट्राभल व्यवसायप्रतिको दीर्घकालीन समर्पण, व्यवसायिक उपलब्धि तथा नेपालको पर्यटन क्षेत्रमार्फत समाज र राष्ट्रमा पुर्‍याएको योगदानको सम्मानस्वरूप International Excellence Award 2026, Nepal & International Summit का अवसरमा पाण्डेलाई उक्त अवार्ड प्रदान गरिएको हो। 

नेपालको पर्यटन क्षेत्रमा लामो समयदेखि सक्रिय वरिष्ठ पर्यटन व्यवसायी पाण्डे ट्राभल तथा पर्यटन व्यवसायको विकास र प्रवर्द्धनमा निरन्तर क्रियाशील रहँदै आएका छन्। पर्यटनलाई व्यवसायसँगै मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना तथा अन्तर्राष्ट्रिय पहिचानसँग जोडेर अघि बढाउन उनको भूमिका रहँदै आएको छ। 

कार्यक्रममा आयोजक अमोल आर. भगत, प्रमुख अतिथि तथा तत्कालीन उपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र एस. राज प्रोडक्सन्स प्रालिका संस्थापक/निर्देशक सन्तोष राज साहनीले पाण्डेलाई सम्मान गरेका थिए। पाण्डे ३७ बर्षदेखि पर्यटन व्यवसायमा आवद्ध छन् । 

प्रकाशित मिति: ०८:३८ बजे, मंगलबार, भदौ २३, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्