नेतृ शान्ता चौधरी बोल्दाबोल्दै बेहोस, अस्पताल भर्ना
दाङ, फागुन २८ : नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरी बोल्दाबोल्दै बेहोस भएकी छन् । उनलाई तत्कालै अस्पताल भर्ना गरिएको छ ।
उनी मंगलबार बिहान ....
दाङ, फागुन २८ : नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरी बोल्दाबोल्दै बेहोस भएकी छन् । उनलाई तत्कालै अस्पताल भर्ना गरिएको छ ।
उनी मंगलबार बिहान दाङको तुलसीपुरस्थित सरकारी वकिलको कार्यालय उद्घाटन कार्यक्रममा बोल्दाबोल्दै बेहोस भएकी हुन् । उी जिब्रो लरबराएर ढलेकी थिइन् ।
नेतृ चौधरीलाई तत्कालै राप्ती प्रादेशिक अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव सन्तोष दहितले बताए । उनको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
उनको होस खुलेको छ । उनलाई के भएको हो भन्ने विषयमा केही खुलाएको छैन् । रिपोर्ट आएपछि मात्रै के भएको हो भन्न सकिने उपचारमा संलगन डा. पदमराज अधिकारीले बताए ।
प्रकाशित मिति: १३:०० बजे, मंगलबार, फागुन २८, २०७५
थप समाचार






