Kathmandu Press

रोस्टमबाट आङ्देम्बेले भने– विपद्को समयमा प्रचारभन्दा नागरिकको जीवन बचाउने कामलाई प्राथमिकता दिऔं

‘विपद्मा सरकारको साथमा छौँ भन्नुको अर्थ सरकारले गरेका सबै कुरा माफ भन्ने पनि होइन । राम्रो काम गर्छ, साथ–समर्थन छ । बाटो बिराउँछ भने खबरदारी र प्रश्न पनि छ । खास सहयोग यही होइन र?,’ संसदलाई सम्बोधन गर्दै उनले प्रश्न गरे।
रोस्टमबाट आङ्देम्बेले भने– विपद्को समयमा प्रचारभन्दा नागरिकको जीवन बचाउने कामलाई प्राथमिकता दिऔं

काठमाडौं, जेठ १७ : नपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले विपद्को समयमा सरकारको साथ रहेको बताए। तर, उनले तर सरकारको साथमा हुनुको अर्थ सरकारले गरेका सबै कामलाई आँखा चिम्लेर समर्थन गर्नु नभएको उनले स्पष्ट पारे।

‘विपद्मा सरकारको साथमा छौँ भन्नुको अर्थ सरकारले गरेका सबै कुरा माफ भन्ने पनि होइन । राम्रो काम गर्छ, साथ–समर्थन छ । बाटो बिराउँछ भने खबरदारी र प्रश्न पनि छ । खास सहयोग यही होइन र?,’ संसदलाई सम्बोधन गर्दै उनले प्रश्न गरे।

प्रलयकारी बाढी आएको एक साता बितिसक्दा पनि सबै कुरा ठीकठाक भइरहेको छ कि छैन भन्ने विषयमा सरकार गम्भीर हुनुपर्ने उनले बताए।

‘जब ठीकठाक हुँदैन, हामीले मौनता साध्यौँ, खबरदारी गरेनौँ र प्रश्न गरेनौँ भने हामी जिम्मेवारी र कर्तव्यबाट विमुख रहेको ठहर छ । त्यसैले यो पूर्वाग्रह होइन, प्रश्न हो। हामी सरकारलाई कमजोर होइन, प्रभावकारी प्रश्न गरिरहेका छौँ,’ उनले भने।

सांसद आङ्देम्बेले सरकार र सत्तारूढ दलका सांसदहरूलाई विपद्को समयमा प्रचारभन्दा नागरिकको जीवन बचाउने कामलाई प्राथमिकता दिन आग्रह गरे।

‘यो प्रचार होइन, प्राण बचाउने समय हो । नागरिकको जीवनसँगको प्रश्नलाई गालीको विषय होइन, आफैँभित्र समीक्षाको विषय बनाउनुहोला,’ उनले सरकारलाई र सत्ताधिन साथिहरुलाई आग्रह गर्दै भने।

प्रकाशित मिति: १४:४१ बजे, बुधबार, भदौ १७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्