Kathmandu Press

  बाढी प्रभावितका लागि गोल्छा ग्रुपलेडेढ करोड सहयोग गर्ने

बाढीबाट प्रभावित रसुवा तथा अन्य क्षेत्रबाट आइरहेका तस्बिर तथा भिडियोहरूले आफूहरूलाई गहिरो रूपमा स्तब्ध र दुःखी बनाएको ग्रुपले जनाएको छ।
  बाढी प्रभावितका लागि गोल्छा ग्रुपलेडेढ करोड सहयोग गर्ने

काठमाडौं, भदाै ११ : रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहायता कार्यका लागि गोल्छा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले बिहीवार सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो जानकारी दिएका हुन्। 

बाढीबाट प्रभावित रसुवा तथा अन्य क्षेत्रबाट आइरहेका तस्बिर तथा भिडियोहरूले आफूहरूलाई गहिरो रूपमा स्तब्ध र दुःखी बनाएको ग्रुपले जनाएको छ।

ग्रुपले विपत्तिमा आफ्ना प्रियजन गुमाएका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै अझै पनि आफन्तको खबरको प्रतीक्षामा रहेका परिवारको पीडा र चिन्तामा आफूहरू साथमा रहेको जनाएको हो । ग्रुपले यस्तो कठिन परिस्थितिमा उद्धार, राहत तथा प्रभावित परिवार र समुदायसम्म आवश्यक सहयोग पु¥याउनु सबैको पहिलो प्राथमिकता हुनुपर्ने बताएको छ।

विपद्का बेला निजी क्षेत्रले पनि सरकार र समुदायसँग हातेमालो गर्दै राहत तथा पुनस्र्थापनाका प्रयासमा सक्दो योगदान दिनुपर्ने भन्दै गोल्छा ग्रुपले सहयोग घोषणा गरेको हो। ग्रुपले बाढी प्रभावित सबै परिवार तथा समुदायप्रति आफ्नो साथ र ऐक्यबद्धता रहेको जनाएको छ।

प्रकाशित मिति: १४:३१ बजे, बिहीबार, भदौ ११, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्