Kathmandu Press

बाढीपीडितका लागि नेपाली कांग्रेस स्याङ्जाले गर्‍यो १ लाख सहयोग 

आज बसेको नेपाली कांग्रेस स्याङ्जाको आकस्मिक बैठकले विपद्को समयमा सबै पक्ष एकजुट हुनुपर्ने सन्देशसहित तत्कालका लागि रु १ लाख सहयोग गर्ने निर्णय गरिएको सभापति राजु थापाले जानकारी दिए । 
बाढीपीडितका लागि नेपाली कांग्रेस स्याङ्जाले गर्‍यो १ लाख सहयोग 

स्याङ्जा, भदौं ११ : नेपाली कांग्रेस स्याङ्जाले रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा बाढीका कारण प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। 

आज बसेको नेपाली कांग्रेस स्याङ्जाको आकस्मिक बैठकले विपद्को समयमा सबै पक्ष एकजुट हुनुपर्ने सन्देशसहित तत्कालका लागि रु १ लाख सहयोग गर्ने निर्णय गरिएको सभापति राजु थापाले जानकारी दिए । 

थापाका अनुसार सहयोग रकम नेपाली कांग्रेस केन्द्रीय कार्यालयको राहत कोषमा जम्मा गरिने र नेपाली कांग्रेस पार्टीको तर्फबाट एकमुष्ट रुपमा राहत कोषमा पठाईने छ ।  

प्रकाशित मिति: १३:३८ बजे, बिहीबार, भदौ ११, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्