Kathmandu Press

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकाय, सुरक्षाकर्मी तथा स्थानीयवासीलाई आवश्यक पहल गरिदिन परिवारले आग्रह गरेका छन् । बेपत्ता व्यक्तिका परिवारजनलाई भरपर्दो सूचना नआएसम्म नआत्तिई धैर्य गर्न अनुरोध गरिएको छ ।
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

रामेछाप, भदौ ११ : रसुवागढी र आसपासको क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी रामेछाप जिल्लाका २६ जना नागरिक बेपत्ता भएको विवरण सार्वजनिक भएको छ । हालसम्म प्राप्त विवरणअनुसार उनीहरू बाढीपछि सम्पर्कविहीन भएका रामेछापबाट निर्वाचित वाग्मती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले जानकारी दिएका छन् । 

बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकाय, सुरक्षाकर्मी तथा स्थानीयवासीलाई आवश्यक पहल गरिदिन परिवारले आग्रह गरेका छन् । बेपत्ता व्यक्तिका परिवारजनलाई भरपर्दो सूचना नआएसम्म नआत्तिई धैर्य गर्न अनुरोध गरिएको छ ।

प्राप्त विवरणअनुसार बेपत्ता हुनेहरूमा रामेछाप नगरपालिका, मन्थली नगरपालिका, खाँडादेवी, दोरम्बा शैलुङ, गोकुलगंगा, उमाकुण्ड र लिखु तामाकोशी गाउँपालिकाका नागरिक रहेका छन् ।

प्रकाशित मिति: ०८:०९ बजे, बिहीबार, भदौ ११, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्