Kathmandu Press

कर्णाली मन्त्रिपरिषद्का तीन महत्त्वपूर्ण निर्णय

मुख्यमन्त्री मंगलबहादुर शाहीको नेतृत्वमा बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्षको बजेटमा व्यवस्था भएबमोजिम प्रदेश सरकारअन्तर्गत कार्यरत कर्मचारीको नयाँ तलबमान, ग्रेड तथा प्रोत्साहन भत्ता स्वीकृत गर्ने निर्णय गरेको हो ।
कर्णाली मन्त्रिपरिषद्का तीन महत्त्वपूर्ण निर्णय

सुर्खेत, भदौं १० : कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले कर्मचारीको नयाँ तलबमान, सामूहिक राजस्व उठाउनेसम्बन्धी विधेयक र प्रदेश सचिवको जिम्मेवारी तोक्नेलगायतका निर्णय गरेको छ ।

मुख्यमन्त्री मंगलबहादुर शाहीको नेतृत्वमा बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्षको बजेटमा व्यवस्था भएबमोजिम प्रदेश सरकारअन्तर्गत कार्यरत कर्मचारीको नयाँ तलबमान, ग्रेड तथा प्रोत्साहन भत्ता स्वीकृत गर्ने निर्णय गरेको हो ।

त्यस्तै, कर्णाली प्रदेश सरकारको सामूहिक राजस्व उठाउने विषयमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ । बैठकले हालै कर्णाली प्रदेशमा आउनुभएका प्रदेश सचिव रमेश केसीलाई कामकाजमा खटाउने निर्णयसमेत गरेको छ ।

मन्त्रिपरिषद्का यी निर्णयसँगै प्रदेश सरकारको कर्मचारी व्यवस्थापन, राजस्व परिचालन तथा प्रशासनिक कामकारबाहीलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: ०९:०९ बजे, बुधबार, भदौ १०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्