Kathmandu Press

बारामा दुई वर्षीया बालिका बेपत्ता, खोजी कार्य जारी

बारामा दुई वर्षीया बालिका बेपत्ता, खोजी कार्य जारी

रौतहट, भदाै ७ : बाराको कलैया उपमहानगरपालिका–१ स्थित कट्टी पर्सा टोलबाट २ वर्षीया बालिका बेपत्ता भएकी छन् । स्थानीय मुकेश मण्डलकी अन्दाजी २ वर्षीया छोरी बिन्दी मण्डल शनिबार साँझ ५ बजेदेखि बेपत्ता भएकी हुन् । बालिका हराए लगत्तै परिवार र स्थानीयवासीले खोजी गरे पनि फेला नपरेपछि जिल्ला प्रहरी कार्यालय बारालाई खबर गरिएको थियो ।

घटनाको गम्भीरता र संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवर सहितको सुरक्षा निकायको टोली कार्यक्षेत्रमा खटिएको छ । बालिका हराएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी प्रमुख एसपी कुँवर आफैँ टोली लिएर घटनास्थल पुगेका छन् ।

खोजी कार्यलाई थप प्रभावकारी र प्राविधिक रूपमा सुदृढ बनाउन नेपाल प्रहरीको विशेष टोली र तालिमप्राप्त कुकुर समेत परिचालन गरिएको छ । प्रहरी टोलीले कट्टी पर्सा टोल, यसका वरपरका क्षेत्र, सम्भावित गल्लीहरू र झाडीहरूमा सघन रूपमा खानतलासी गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: १०:११ बजे, आइतबार, भदौ ७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्