Kathmandu Press

खगराज भट्ट सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त

नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका लगत्तै प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
खगराज भट्ट सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त

कैलाली, साउन २९ : नेकपाका खगराज भट्टले सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। 

नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका लगत्तै प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

कमलबहादुर शाहले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।

मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान ११ बजेसम्मको समय दिएका थिए। 

आजै दिउँसो ३ बजे शपथ ग्रहणको कार्यक्रम तयारी गरिएको छ।

प्रकाशित मिति: १२:१४ बजे, शुक्रबार, साउन २९, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्