रमिला र खुमनले ल्याए तीज गीत ‘जम्छ माया विस्तारै’ [भिडियोसहित]
खुमनले नै संगीत भरेको यो गीतले विस्तारै चर्चा पाइरहेको छ। गीतमा शब्द रमिलाले नै कोरेकी हुन्।![रमिला र खुमनले ल्याए तीज गीत ‘जम्छ माया विस्तारै’ [भिडियोसहित]](https://kathmandupress.com/uploads/posts/Untitled-2-1786623521.jpg)
काठामडाैं, भदाै २८ : लोकदोहोरी गीतमा रमिला न्यौपाने र खुमन अधिकारीको जोडी चर्चित छ। नेपाली लोकदोहोरी क्षेत्रलाई रमिला र खुमनको जोडीले थुप्रै चर्चित गीत दिइसकेको छ।
यसपालीको तीजमा पनि रमिला र खुमनको जोडीले नयाँ गीत बजारमा ल्याएको छ– ‘जम्छ माया विस्तारै’।
गीत गायिका न्यौपानकै युट्युबल च्यानल ‘रमिला न्यौपाने’बाट सावर्जनिक भएको हो। खुमनले नै संगीत भरेको यो गीतले विस्तारै चर्चा पाइरहेको छ। गीतमा शब्द रमिलाले नै कोरेकी हुन्।
गीत सार्वजनिक भएको ५ दिनमात्रै भएपनि दर्शक, स्रोताबाट राम्रो प्रतिक्रिया आइरहेको रमिला बताउँछिन्। तिजको मौलिकता जोगाउने प्रयास स्वरूप गीत ल्याएको उनले बताइन्।
गीतको भिडियोलाई मुकेश नेपालीले निर्देशन गरेका छन् भने भिडियोमा बबिनसिंह ठकुरी र रचना न्यौपाने फिचर्ड छन्।
गीतमा रमिला र खुमनलाई राजेन्द्र बाजुराली, सागर बाजुराली, ज्ञानु परियार र प्रतिमा विश्वकर्माले साथ दिएका छन्। विनोद बाजुरालीले संगीत संयोजन गरेको गीतमा मिक्सिङ र मास्टरिङ खडक बाजुरालीले गरेका छन्।
हेर्नुहाेस् भिडियाे








![रमिला र खुमनले ल्याए तीज गीत ‘जम्छ माया विस्तारै’ [भिडियोसहित]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1786623521.jpg)


