आजको मौसमा : यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं, साउन२८ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
मधेश प्रदेश साथै कोशी, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशको केही तथा गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक, दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने छ । मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्ने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।
मधेश प्रदेश साथै कोशी, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकरदुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।
आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका केहि स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। मधेश प्रदेश साथै कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र लुम्बनी प्रदेशका हिमाली र पहाडी भूभागको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागको एकरदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।










