Kathmandu Press

धनुषामा ‘साहु महाजन’ले निकाले जुलुस, १ गतेदेखि काठमाडौंमा धर्ना दिने चेतावनी

उनीहरुले ९ बुंदे सम्झौता खारेज गर, गृहमन्त्री मुर्दावाद, खाएको ऋण तिर्ने पर्छ लगायतका नारा लगाउँदै जनकपुरधामा विरोध जुलुस निकालेका छन्।
धनुषामा ‘साहु महाजन’ले निकाले जुलुस, १ गतेदेखि काठमाडौंमा धर्ना दिने चेतावनी

जनकपुर, साउन २२ : पैसा ब्याजमा लगाउने ‘साहु महाजन’हरुले जनकपुरधाममा विशाल विरोध जुलुस निकालेका छन्।

मधेश प्रदेशका आठवटै जिल्लाका करीब सातसय बढी साहु महाजनहरुले जनकपुरधामका मुख्य चोक हुँदै जिल्ला प्रशासन, जिल्ला प्रहरी, जिल्ला अदालत कार्यालय धनुषा अगाडि विरोध प्रदर्शन गरेका हुन्। 

उनीहरुले ९ बुंदे सम्झौता खारेज गर, गृहमन्त्री मुर्दावाद, खाएको ऋण तिर्ने पर्छ लगायतका नारा लगाउँदै जनकपुरधामा विरोध जुलुस निकालेका छन्।

सो क्रममा बोल्दै पीडित लगानीकर्ता लेनदेन संघर्ष समिति मधेश प्रदेशका अध्यक्ष विजय यादवले अबको आन्दोलन थप शसक्त हुने बताए। 

photo-3_9f03e97a-1786106707.jpg

उनले १ गते ८ वटै जिल्लाका साहु महाजनहरु काठमान्डौका लागि निस्कने जानकारी दिए । उनका अनुसार काठमान्डौको सिंहदरबार र माइतीघर मण्डला अगाडि अनिश्चितकालिन धर्नामा बस्ने कार्यक्रम रहेको छ। 

नेपाल सरकारले केही दिन अघि मिटर ब्याज पीडितहरुसँग गरेको नौं बुँदे सम्झौता दुइतर्फी मात्र रहेकाले आफूहरुसहित बसेर तीन पक्षबीच त्रीपक्षीय सम्झौता गर्नुपर्ने अध्यक्ष यादवले आफूहरुको माग रहेको बताए। 

उनले केही ऋणीहरुको कारणले सम्पूर्ण लगानीकर्तालाई मिटरब्याजीको संज्ञा दिनु अनुचित रहेको बताए। उनले बेला बखत आवश्यक परेको बेला दिएको ऋण सरकारले सोझै नतिर्ने वातावरण बनाइदिएको आरोप लगाए।

photo-2_9b94db0e-1786106705.jpg
 

विरोध प्रदर्शनको क्रममा जिल्ला प्रशासन कार्यालय अगाडि साहु महाजनहरुले नौं बुँदे सम्झौत पत्र जलाएका थिए।

प्रकाशित मिति: १८:३२ बजे, शुक्रबार, साउन २२, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्