‘जमजम दाजुभाई’ आइपुगे नेपाल
जमजम दाजुभाइको वास्तविक नाम अब्दुल गफुर र मोहम्मद शकुर हो। अब्दुललाई ‘बडे भाइ’ र मोहम्मदलाई ‘छोटे भाइ’ भनेर चिनिन्छ।
काठमाडौं, साउन २२ : यूएईका चर्चित कन्टेन्ट क्रियटर ‘जमजम दाजुभाइ’ नेपाल आइपुगेका छन्। उनीहरू आज काठमाडौं आइपुगेका हुन्।
शनिबार उनीहरुले सिभिल मलमा जमजम पफ्र्युमको आउटलेट औपचारिक उद्घाटन गर्दैछन्।
जमजम दाजुभाइको वास्तविक नाम अब्दुल गफुर र मोहम्मद शकुर हो। अब्दुललाई ‘बडे भाइ’ र मोहम्मदलाई ‘छोटे भाइ’ भनेर चिनिन्छ। उनीहरूले अत्यन्तै सामान्य अवस्थाबाट आफ्नो व्यवसाय सुरु गरेका थिए। अहिले दुबईका सफल व्यवसायीमध्ये पर्छन्।
जमजम दाजुभाइ जमजम इलेक्ट्रोनिक्सका सञ्चालक हुन्। मोबाइल फोन, ल्यापटप र अन्य विद्युतीय सामग्रीहरूका लागि यो निकै प्रसिद्ध पसल हो। युट्युब, टिकटक र इन्स्टाग्राममा उनीहरूको ठूलो फ्यान फलोइङ छ।
प्रकाशित मिति: १८:२८ बजे, शुक्रबार, साउन २२, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1786106234.jpg)






