Kathmandu Press

ट्रक पदुर्घटना हुँदा एक जनाको मृत्यु

ट्रकमा सवार चालकका काका ३६ वर्षीय अर्जुन कार्कीको मुत्यु भएको छ।
ट्रक पदुर्घटना हुँदा एक जनाको मृत्यु

मकवानपुर, साउन २० : त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा ट्रक पल्टँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

प्रहरीका अनुसार पालुङबाट वीरगञ्जतर्फ तरकारी बोकेर जाँदै गरेको मधेश प्रदेश ०३—००२ ख ५०९५ नम्बरको ६ चक्के डिब्बा ट्रक राति करिब २ः३० बजे वर्षा र बाक्लो हुस्सुका कारण ओरालो सडकमा चिप्लिएर अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ। 

दुर्घटनामा ट्रक चालक मकवानपुर राक्सिराङ गाउँपालिका–९ निवासी २३ वर्षीय रञ्जित कार्की घाइते भएका थिए। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। 

त्यसैगरी ट्रकमा सवार चालकका काका ३६ वर्षीय अर्जुन कार्कीको मुत्यु भएको छ।

ट्रकमा सवार चालक मकवानपुर, राक्सिराङ–९ का २३ को रंजीत कार्की र काका नाता पर्ने ३६ वर्षीय अर्जुन घाइते भएकामा उद्धार गरी उपचारको लागि हेटौँडा ल्याइएको थियो ।

हेटौँडा अस्पतालका चिकित्सकले बिहान ९ः१५ बजे अर्जुनलाई मृत घोषणा गरेका हुन्।

प्रकाशित मिति: ११:४४ बजे, बुधबार, साउन २०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्