Kathmandu Press

खाना पकाउने ग्याँसको आपूर्ति र वितरण व्यवस्थापनमा सहजीकरण गर्दै महानगर प्रहरी

सहजीकरण कार्यको प्रारम्भ गर्दै आज अनामनगर क्षेत्रमा भएका डिपोहरुको अवस्था हेरिएको थियो। यस क्रममा साना डिपोहरुमा ग्याँस उपलब्ध रहेको भेटियो । ठूला डिपोहरुमा भने जसरी पनि पाइने आशले उपभोक्ताहरुको घुइँचो थियो। 
खाना पकाउने ग्याँसको आपूर्ति र वितरण व्यवस्थापनमा सहजीकरण गर्दै महानगर प्रहरी

काठमाडौं, साउन १९ :  काठमाडौं महानगर प्रहरी बलले बजारमा उपलब्ध ग्याँस र वितरण प्रणालीको सहजताका लागि काम थालेको छ । लामो समयसम्म ग्याँस नपाएको, पहुँच हुनेले मात्र ग्याँस पाएको, विद्यार्थीहरुमा ग्याँसका पहुँच नभएको जस्ता गुनासा आउन थालेपछि ग्याँस डिपोमा भएको ग्याँस वितरण व्यवस्थापनका लागि प्रहरी बल सक्रिय भएको हो । 

‘बजारमा उपलब्ध भएको ग्याँसलाई सन्तुलित वितरण मिलाउन हाम्रो भूमिका हुनेछ,’ डिपोहरुको अवस्था हेर्न पुगेका प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले भने, ‘डिपोमा उपलब्ध ग्याँस वितरणमा सबैको पहुँच बढाउन हामी सहजीकरण गर्छौँ। सिलिण्डरको म्याद सकिने मिति, ग्याँसको तौल, फायर स्टीङ्ग्वीसरको उपलब्धता, उपयुक्त स्थानमा राखिएको छ भने कि छैन, यसको म्याद कहिलेसम्म छ। जस्ता प्रज्वलनशील उपभोग गर्दाका अवस्था पनि हेर्नेछौँ । सिलिण्डर भण्डारण र ढुवानीका जोखिम बुझाउँछौँ।’

जोशीका अनुसार यस्ता विषयसँग सम्बन्धित सूचकका आधारमा चार वटै क्षेत्रबाट नियमित सहजीकरण गरिनेछ।  

सहजीकरण कार्यको प्रारम्भ गर्दै आज अनामनगर क्षेत्रमा भएका डिपोहरुको अवस्था हेरिएको थियो। यस क्रममा साना डिपोहरुमा ग्याँस उपलब्ध रहेको भेटियो । ठूला डिपोहरुमा भने जसरी पनि पाइने आशले उपभोक्ताहरुको घुइँचो थियो। 

यता नेपाल आयल निगमले विगतमा जस्तै मात्रा र परिमाणमा आपूर्ति भइरहेको जनाएको छ। माग र आपूर्तिमा असन्तुलन हुनुको कारण बारे निगमले, उपभोक्तामा माग बढेको जनाएको छ।

प्रकाशित मिति: १५:३८ बजे, मंगलबार, साउन १९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्