Kathmandu Press

इकार्डीले गरे पिएसजीसँग स्थायी अनुबन्धन

काठमाडाैं, जेठ १७ : अर्जेन्टाइन स्ट्राइकर माउरो इकार्डीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग स्थायी अनुबन्धन गरेका छन्। इटालियन क्लब इन....

इकार्डीले गरे पिएसजीसँग स्थायी अनुबन्धन

काठमाडाैं, जेठ १७ : अर्जेन्टाइन स्ट्राइकर माउरो इकार्डीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग स्थायी अनुबन्धन गरेका छन्। इटालियन क्लब इन्टर मिलानबाट सिजनको सुरुवातमा लोनमा पिएसजी आएका इकार्डी अब स्थायी रुपमै पिएसजीमा बस्ने भएका छन्। 

पिएसजीसँगको इकार्डीको लोन सम्झैता मे ३१ मा सकिँदैछ। लोन सम्झौता नसकिँदै इकार्डी पिएसजीमै स्थायी रुपमा बस्न तयार भएका हुन्। अब पिएसजीले इन्टर मिलानलाई ५० मिलियन युरो तिर्नुपर्ने छ।

इन्टर मिलानमा एन्टोनियो कोन्टो प्रशिक्षकमा नियुक्त भएसँगै इकार्डीले इन्टर छाड्न चाहेका थिए। सुरुमा उनी युभेन्ट्स जाने हल्ला चलेको थियो तर उनी लोनमा पिएसजीमा आबद्ध भएका थिए।

पिएसजीमा पनि सुरुवाती केही खेलमा स्थान बनाउन असफल भएपनि इकार्डीले लिग वानमा पनि आफ्नो लयलाई कायमै राखेका छन्। इकार्डीले पिएसजीका लागि ३१ खेलमा २० गोल गरेका छन्।

प्रकाशित मिति: १३:५४ बजे, शनिबार, जेठ १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्