काभा पुरुष भलिबलमा नेपाल जितबिहीन
पाकिस्तानको इस्लामावादमा प्रतियोगिताको लिगको अन्तिम खेलमा उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएपछि नेपाल लिग चरणका सबैखेलमा पराजित भएको हो।
काठमाडाैं, साउन ११ : काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल जितबिहीन बनेको छ।
पाकिस्तानको इस्लामावादमा प्रतियोगिताको लिगको अन्तिम खेलमा उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएपछि नेपाल लिग चरणका सबैखेलमा पराजित भएको हो।
नेपाल उज्वेकिस्तानसँग २६–२४, २५–२० र २५–२२को सेटमा पराजित भयो।
नेपाल यअसघि भएका कागकिस्तान, श्रीलंका र बंगलादेशसँग पाँचौं सेटमा पुगेर पराजित भएको थियो भने आयोजक पाकिस्तानसँग सोझो सेटमै पराजित भएको थियो।
६ टोली सहभागी प्रतियोगितामा लिगका शीर्ष चार टिमले सेमिफाइनल खेल्नेछन्। नेपालले भने पाँचौं स्थानको प्लेअफ खेल्ने छ।
प्रकाशित मिति: १४:२७ बजे, सोमबार, साउन ११, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार