काठमाडौंको चप्पल कारखाना अगाडि सवारी दुर्घटना
शुक्रबार दिउँसो करिब १ बजेतिर भएको दुर्घटनामा दुई गाडी आपसमा ठोक्किएपछि अनियन्त्रित भई सडकमा गुडिरहेका तीनवटा मोटरसाइकललाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ ।
काठमाडौं, साउन १ : काठमाडौँको महाराजगञ्जस्थित चप्पल कारखाना अगाडि दुई वटा गाडी एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।
शुक्रबार दिउँसो करिब १ बजेतिर भएको दुर्घटनामा दुई गाडी आपसमा ठोक्किएपछि अनियन्त्रित भई सडकमा गुडिरहेका तीनवटा मोटरसाइकललाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ ।
घाइतेको उद्धार गर्न महाराजगञ्ज प्रहरी टोली घटनास्थलमा पुगेको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।
प्रहरी वृत्त महाराजगञ्जका अनुसार दुर्घटनामा परेका सवारी साधन र घाइतेहरूको विवरण संकलन भइरहेको छ । दुर्घटनामा संलग्न गाडीहरूको नम्बर र पहिचान खुल्न बाँकी रहेको छ ।
प्रकाशित मिति: १४:४६ बजे, शुक्रबार, साउन १, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)