Kathmandu Press

सोमालियामा ९ चिकित्सकको हत्या

मोगादिशु, जेठ १६ : आतंककारी संगठन अल–कायदासँग आबद्ध अल–शबाब समूहको आक्रमणबाट दक्षिणी सोमालियामा नौ जना चिकित्सकको हत्या भएको छ। ....

सोमालियामा ९ चिकित्सकको हत्या
प्रतिकात्मक तस्बिर

मोगादिशु, जेठ १६ : आतंककारी संगठन अल–कायदासँग आबद्ध अल–शबाब समूहको आक्रमणबाट दक्षिणी सोमालियामा नौ जना चिकित्सकको हत्या भएको छ। 

स्थानीय सञ्चार माध्यमहरुले हत्या गरिएका चिकित्सकहरुको शव शाबेल प्रान्तको बलाद शहर नजिक फेला परेको जनाएका छन् ।

सोमालियामा सन् १९९० को दशकमा गृहयुद्ध शुरु भएपछि देशभित्र हिंसा भड्किएको छ। अल–शबाब आतंककारीका कारण हिंसात्मक घटनामा अझ वृद्धि भएको छ। 

इस्लामिक शरिया कानुन लागू गर्ने गरी कट्टरपन्थी अल–शबाबले देशव्यापी हिंसात्मक अभियान संचालन गरिरहेको छ। 

प्रकाशित मिति: १३:१३ बजे, शुक्रबार, जेठ १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्