Kathmandu Press

जटही नाकामा मृत्यु भएका युवकमा कोरोना देखिएन

काठमाडौं, जेठ १६ : भारतबाट फर्किने क्रममा जटही नाकामा मृत्यु भएका युवकमा कोरोना संक्रमण नदेखिएको पुष्टि भएको छ।

जनकपुर प्रादेशिक अस्पतालमा ग....

जटही नाकामा मृत्यु भएका युवकमा कोरोना देखिएन
प्रतिकात्मक तस्बिर

काठमाडौं, जेठ १६ : भारतबाट फर्किने क्रममा जटही नाकामा मृत्यु भएका युवकमा कोरोना संक्रमण नदेखिएको पुष्टि भएको छ।

जनकपुर प्रादेशिक अस्पतालमा गरीएको परीक्षणमा धनुषाको शहीद नगरपालिका ९ का वीरेन्द्र गुरमैता यादवको कोरोना रिपोर्ट नेगेटिभ आएको हो।

चार महिनाअघि रोजगारीका लागि भारतको हरियाना गएका यादवको घर फर्किने क्रममा बुधबार बिहान जटही नाकामा मृत्यु भएको थियो।

झण्डै महिना दिनदेखि च्यूरा र भुजा मात्रै खाएका यादव जटही नाकामा आइपुग्दा बेहोस भएका थिए। उनमा कोरोना संक्रमण नदेखिएपछि भोककै कारण उनको मृत्यु भएको परिवारले दावी गरेको छ। 

प्रकाशित मिति: १२:५४ बजे, शुक्रबार, जेठ १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्