Kathmandu Press

प्रदेश १ लाई सबैभन्दा धेरै बजेट, कुन प्रदेशलाई कति?

काठमाडौं, जेठ १६ : संघीय सरकारले आगामी आर्थिक वर्षमा सबैभन्दा धेरै बजेट प्रदेश १ लाई दिएको छ।

संघीय सरकारले सात वटा प्रदेशलाई समानीकरण, सशर्....

प्रदेश १ लाई सबैभन्दा धेरै बजेट, कुन प्रदेशलाई कति?

काठमाडौं, जेठ १६ : संघीय सरकारले आगामी आर्थिक वर्षमा सबैभन्दा धेरै बजेट प्रदेश १ लाई दिएको छ।

संघीय सरकारले सात वटा प्रदेशलाई समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान शीर्षकमा दिएको बजेटमा प्रदेश १ ले १५ अर्ब ११ करोड ३८ लाख पाएको छ।

यस्तै प्रदेश २ ले १३ अर्ब ४० करोड ५९ लाख र बागमती प्रदेशले १४ अर्ब ८६ करोड ९८ लाख बजेट पाएकाे छ।

यसैगरी गण्डकी प्रदेशले १३ अर्ब ३५ करोड ९९ लाख, प्रदेश ५ ले १४ अर्ब ६ करोड ९६ लाख, कर्णाली प्रदेशले १४ अर्ब ८३ करोड ६५ लाख र सुदूरपश्चिम प्रदेशले १४ अर्ब २१ करोड ८२ लाख बजेट पाएकाे छ।

सरकारले प्रदेशहरुका लागि ९९ अर्ब ८७ करोड ३७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

प्रकाशित मिति: १२:५३ बजे, शुक्रबार, जेठ १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्