Kathmandu Press

छ दिनमै निको भएर फर्किइन भक्तपुरकी कोरोना संक्रमित जनप्रतिनिधि

काठमाडौं, जेठ १६ : कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पतालमा उपचाररत भक्तपुर नगरपालिका–९ की ४२ वर्षीया महिला जनप्रतिनिधि ६ दिनमै कोरोनामुक्त भए....

छ दिनमै निको भएर फर्किइन भक्तपुरकी कोरोना संक्रमित जनप्रतिनिधि

काठमाडौं, जेठ १६ : कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पतालमा उपचाररत भक्तपुर नगरपालिका–९ की ४२ वर्षीया महिला जनप्रतिनिधि ६ दिनमै कोरोनामुक्त भएर घर फर्किएकी छन्।

यही जेठ ६ गते भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंमा गरिएको स्वाब संकलनपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा ९ गते राति आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि उनलाई १० गते बिहान उपचारका लागि ललितपुरको पाटन अस्पतालको कोभिड आइसीयू ब्लकमा भर्ना गरिएको थियो।

अस्पतालमा १४ र १५ गते पुनः भएको कोरोना परीक्षणको रिपोर्टमा नेगेटिभ आएर कोरोनामुक्त भएपछि उनलाई बिहीबार साँझ डिस्चार्ज गरिएको हो। वडा महिला सदस्यलाई कोरोना पुष्टि भएपछि भक्तपुर नगरले जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीलगायत १६८ जनाको पीसीआर परीक्षण गराएको थियो। उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो। 

प्रकाशित मिति: १२:२६ बजे, शुक्रबार, जेठ १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्