Kathmandu Press

किट नहुँदा भारतबाट आएकाहरुलाई परीक्षणबिनै घर पठाइँदै

जाजरकोट, जेठ १६ : कोरोना भाइरस परीक्षण गर्ने किट नहुँदा भारतबाट आएका सयौं मजदुर क्वारेन्टाइनमा रहेका छन्। कतिपयलाई कोरोना परीक्षणबिना नै घर पठाइएको छ।....

किट नहुँदा भारतबाट आएकाहरुलाई परीक्षणबिनै घर पठाइँदै

जाजरकोट, जेठ १६ : कोरोना भाइरस परीक्षण गर्ने किट नहुँदा भारतबाट आएका सयौं मजदुर क्वारेन्टाइनमा रहेका छन्। कतिपयलाई कोरोना परीक्षणबिना नै घर पठाइएको छ।

अहिले जाजरकोटका क्वारेन्टाइनमा भारतबाट आएका दुई सय ६७ जना बसिरहेका छन्। सदरमुकामस्थित भेरी ज्ञानोदय क्याम्पस र त्रिभुवन माविमा बनाइएका क्वारेन्टिनमा रहेका उनीहरुको स्वाब संकलनका लागि भिटिएम पनि छैन। जसले गर्दा लामो समयदेखि क्वारेन्टाइनमै राख्नु परिरहेको स्वास्थ्यकर्मीले बताएका छन्।

पटकपटक आग्रह गर्दा पनि सरकारले भिटिएम नपठाएको स्थानीय प्रशासनले जनाएको छ। भिटीएममा शङ्कास्पदको स्वाब सङ्कलन गरी कोरोनाको पिसीआर परीक्षणका लागि सुर्खेत पठाउने गरिएको छ।

तर, किट अभावमा परीक्षण हुनै नसकेको स्वास्थ्यकर्मीको भनाइ छ। जेठ ३ देखि क्वारेन्टिनमा बसेका जुनीचाँदे गाउँपालिकाका दिनेश मगरले अहिलेसम्म परीक्षण हुन नसकेको बताए।

अहिलेसम्म जाजरकोटामा पाँच सय जनाको आरडिटी र ७४ जनाको  पिसीआर विधिबाट परीक्षण गरिएको छ। सबैको रिपोर्ट नेगेटिभ आएको छ।

तर, लकडाउनकै अवधिमा भारतबाट मात्र पाँच हजार मजदुर आएका छन्। अझै स्वदेश फर्किने क्रम जारी छ। भारतबाट आएकाको पिसीआर परीक्षण भएको छैन।

१४ दिन पुगेपछि लक्षण नदेखिए परीक्षणबिनै पनि घर पठाउन सकिने स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा.सुनिल पुनले बताए। “किट अभावमा परीक्षणबिनै घर पठाउनुपर्ने बाध्यता आइपरेको छ। माग गरेका छौँ आइपुगेको छैन। आउने बित्तिकै परीक्षण गरेर घर पठाउँछौं,” उनले भने। (रासस)

 

प्रकाशित मिति: ०९:५५ बजे, शुक्रबार, जेठ १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्