Kathmandu Press

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणिकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । 
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, असार १४ : प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणिकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । 

प्रधानमन्त्री बालेन शाहको तर्फबाट विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले ‘महालेखा परीक्षकको विसट्टिऔं वार्षिक प्रतिवेदन, २०८३’ पेस गर्ने छन् र प्रधानमन्त्रीको तर्फबाट मन्त्री पुनले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

Hardik ivf

यसैगरी, अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।  

अर्थमन्त्री वाग्लेलले ‘सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने छन् ।  भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुने ।

‘सहकारी ९पहिलो संशोधन० विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

प्रकाशित मिति: ०९:१५ बजे, आइतबार, असार १४, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्