Kathmandu Press

समूह एलको विजेता बन्यो इंग्ल्याण्ड 

यसअघिका खेलमा इंग्ल्याण्डले क्रोएसियालाई ४-२ ले पराजित गरेको थियो, भने घानासँग गोलरहित बराबरी खेलेको थियो । तालिकामा इंग्ल्याण्डले सात अंक जोडेको हो ।
समूह एलको विजेता बन्यो इंग्ल्याण्ड 

काठमाडौं, असार १४ : पानामालाई पराजित गर्दै इंग्ल्याण्ड समूह एल को विजेता बनेको छ । इंग्ल्याण्डले पानामालाई २-० ले पराजित गरेको हो । इंग्ल्याण्डका लागि कप्तान ह्यारी केन र जुड बेलिंघमले समान एक गोल गरे । जुड बेलिंघमले ६१ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए भने केनले ६७ औँ मिनेटमा गोल गरे ।

यसअघिका खेलमा इंग्ल्याण्डले क्रोएसियालाई ४-२ ले पराजित गरेको थियो, भने घानासँग गोलरहित बराबरी खेलेको थियो । तालिकामा इंग्ल्याण्डले सात अंक जोडेको हो ।

Hardik ivf

यता घानालाई पराजित गर्दे क्रोएसिया समूहको उपविजेता बनेको छ । क्रोएसियाले घानालाई २-१ ले पराजित गरेको हो । क्रोएसियाका लागि पिटर सुसिकले खेलको ३१ औँ मिनेटमा गोल गरेका थिए । घानाका डोरिक लुकासेनले ७३ औँ मिनेटमा गोल गर्दै खेलललाई बराबरीमा ल्याए । क्रोएसियाका निकोला भ्लासिकले ८३ औँ मिनेटमा गोल गर्दै नतिजा २-१ मा ल्याए ।

यसअघि क्रोएसिया इंग्ल्याण्डसँग पराजित भएको थियो भने घानासँग १-१ को बराबरी खेलेको थियो । तालिकामा सात अंक पाए पनि गोल अन्तरका कारण क्रोएसिया उपविजेता बनेको हो ।

घाना तेस्रो बनेको छ । घानाले यसअघि पानामालाई १-० ले हराएको थियो भने इंग्ल्याण्डसँग बराबरी खेल्दै चार अंक जोडेको छ । पानामा भने विश्वकपबाट बाहिरिएको छ । लगातार तेस्रो हार व्योहर्दै पानामा विश्वकपबाट बाहिरिएको हो ।  

प्रकाशित मिति: ०९:०९ बजे, आइतबार, असार १४, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्