पोर्चुगलसँग बराबरी खेल्दा कोलम्बिया समूह विजेता, डीआर कंगो पहिलोपटक नकआउटमा
यसअघि कोलम्बियाले उज्वेकिस्तानलाई ३-१ र डीआर कंगोलाई १-० ले पराजित गर्दै ६ अंक जोडिसकेको थियो । पोर्चुगलसँगको खेलपछि उसले तालिकामा सात अंक जोड्दै शीर्षस्थानमा पुग्यो ।
काठमाडौं, असार १४ : कोलम्बिया समूह के को विजेता बनेको छ । पोर्चुगल र कोलम्बियाबीचको खेल गोलरहित बराबरीमा टुंगिँदा उनीहरूले अंक साझा गरे ।
यसअघि कोलम्बियाले उज्वेकिस्तानलाई ३-१ र डीआर कंगोलाई १-० ले पराजित गर्दै ६ अंक जोडिसकेको थियो । पोर्चुगलसँगको खेलपछि उसले तालिकामा सात अंक जोड्दै शीर्षस्थानमा पुग्यो ।
उपविजेता पोर्चुगलले यसअघि डीआर कंगोसँग १-१ को बराबरी खेलेको थियो भने उज्वेकिस्तानलाई ५-० ले पराजित गरेको थियो । तालिकामा पोर्चुगलको पाँच अंक छ ।
डीआर कंगो पनि विश्वकपको अर्को चरणमा पुगेको छ । ५२ वर्षपछि विश्वकपमा सहभागी डीआर कंगो नकआउट चरणमा प्रवेश गरेको हो । उज्वेकिस्तानलाई ३-१ ले पराजित गर्दै उसले तीन अंक जित्यो । डीआर कंगोका लागि योआने विसाले दुई गोल गरे भने फिस्टोन मेयाले १ गोल गरे ।
यस्तै, पोर्चुगलसँगको खेल बराबरी गर्दा उसले एक अंक पाएको थियो । तालिकामा डीआर कंगोले चार अंक जोडेको छ । उज्वेकिस्तान भने समूह चरणका सबै खेलमा पराजित बनेसँगै विश्वकपबाट बाहिरिएको छ ।












