बजेटमाथि कांग्रेस प्रवक्ताको प्रश्न : कोरोनाकालीन बजेट चाहिँ कहिले आउँछ?
काठमाडौं, जेठ १५ : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले ल्याएको बजेट कोरोनापछिको बजेटको संज्ञा दिएका छन्। अर्थमन्त्री डा. युवराज खति....

काठमाडौं, जेठ १५ : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले ल्याएको बजेट कोरोनापछिको बजेटको संज्ञा दिएका छन्। अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गरेलगत्तै शर्माले कोरोना अघिको बजेट अघिल्लो साल सुनेको भन्दै कोरोनापछिको बजेट आज सुनेको टिप्पणी गरेका छन्।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कोरोनाकालिन बजेट चाहिँ कहिले आउँछ? भन्दै प्रश्नसमेत गरेका छन्। ‘कोरोना अघिको बजेट पोहोर सुनियो। कोरोनापछिको बजेट आज सुनिरहेका छौं १ एक सानो जिज्ञासा छ– कोरोनाकालिन बजेट चाहिँ कहिले आउँछ?,’ शर्माले ट्वीट गर्दै भनेका छन्।
कोरोना अघिको बजेट पोहोर सुनियो l कोरोना पछिको बजेट आज सुनिरहेका छौं !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 28, 2020
एक सानो जिज्ञासा छ- @Pm_Nepal कोरोना कालिन बजेट चैं कहिले आउंछ ?











