हवाइ क्षमता विस्तार र विमानस्थल निर्माणका लागि १९ अर्ब ४२ करोड बजेट
काठमाडौं, जेठ १५ : सरकारले हवाइ क्षमता विस्तार तथा विमानस्थल निर्माणका लागि १९ अर्ब ४२ करोड बजेट विनियोजन गरेको छ।
बिहीबार आर्थिक वर्ष २०७७&....

काठमाडौं, जेठ १५ : सरकारले हवाइ क्षमता विस्तार तथा विमानस्थल निर्माणका लागि १९ अर्ब ४२ करोड बजेट विनियोजन गरेको छ।
बिहीबार आर्थिक वर्ष २०७७–०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले पोखरा, भैरहवामा निर्माणधीन विमानस्थलको साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि बजेट विनियोजन गरिएको जानकारी दिएका हुन्।
साथै बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक सबै तयारी पूरा गर्न समेत बजेट विनियोजन गरिएको बताए।
प्रकाशित मिति: १८:०८ बजे, बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार