काठमाडौं तराई फास्ट ट्रयाक ३ वर्षभित्र सम्पन्न हुने, ८ अर्ब ९३ करोड बजेट विनियोजन
काठमाडौं, जेठ १५ : काठमाडौं तराई फास्ट ट्रयाक आगामी तीन वर्षभित्र सम्पन्न हुने भएको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज ....

काठमाडौं, जेठ १५ : काठमाडौं तराई फास्ट ट्रयाक आगामी तीन वर्षभित्र सम्पन्न हुने भएको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले फास्ट ट्रयाक तीन वर्षभित्र सम्पन्न गर्ने घोषणा गरेका हुन्।
फास्ट ट्रयाक निर्माणका लागि ८ अर्ब २० करोड बजेट विनियोजन गरिएको छ। यस्तै कान्तिराजपथ र सूर्यविनायक धुलिखेल सडक विस्तारका लागि १ अर्ब २० करोड बजेट विनियोजन गरिएको छ।
प्रदेश सरकारसँग समन्वय गरी कुलेखानीमा सुरुङ मार्गको अध्ययन सकेर काम थालिने र सुरुङ मार्गका लागि ६ अर्ब ४२ करोड विनियोजन गरिएको छ। महाकाली नदीमा मोटरेबल पुल निर्माण सम्पन्न गर्न ८८ करोड विनियोजन गरिएको छ।
२५० पुल निर्माण गर्न, ३ सय भन्दा बढी निर्माणधीन पुल सम्पन्न गर्न र १३ सय स्थानीय पुल निर्माण गर्न १० अर्ब विनियोजन भएको छ।











