मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित
अल्जेरियाविरूद्धको खेलमा मेस्सीले तीन गोल गरेका हुन् । अल्जेरियाविरुद्ध खेलको पहिलो हाफमा उनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको १७ औँ मिनेटमा उनले पहिलो गोल गरेका थिए ।
काठमाडौं, असार ३ : लिओनल मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाले विश्वकपमा सानदार सुरूआत गरेको छ । अल्जेरियाविरूद्धको खेलमा मेस्सीले तीन गोल गरेका हुन् । अल्जेरियाविरुद्ध खेलको पहिलो हाफमा उनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको १७ औँ मिनेटमा उनले पहिलो गोल गरेका थिए ।
दोस्रो हाफको ५८ औँ मिनेटम उनले दोस्रो गोल गरेका थिए । यस्तै, खेलको ७६औँ उनले तेस्रो गोल गरे । विश्वकपमा मेस्सीको गोल संख्या १६ पुगेको छ । उनी सर्वाधिक स्कोर गर्ने दोस्रो खेलाडी बनेका छन् ।
अल्जेरियासँगको ह्याट्रिकसँगै उनले जर्मनीका स्ट्राइकर मिरोस्लाभ क्लोजको १६ गोलको रेकर्डसँग बराबरी गरेका हुन् ।
प्रकाशित मिति: ०८:५२ बजे, बुधबार, असार ३, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार












