अल्जेरियासँगको खेलमा मेस्सीको ह्याट्रिक
अल्जेरियासँग भएको खेलमा उनले ह्याट्रिक गरेका हुन् । मेस्सीले पहिलो हाफको १६ औँ मिनेट र दोस्रो हाफको ५८ औँ मिनेटमा गोल गरेका थिए ।
काठमाडौं, असार ३ : अर्जेन्टिनाका स्टार खेलाडी लिओनल मेस्सीले विश्वकपमा पहिलो ह्याट्रिक गरेका छन् । सन् २००६ देखि विश्वकप खेलेका उनले यसअघिका कुनै पनि संस्करणमा ह्याट्रिक गर्न सकेका थिएनन्।
अल्जेरियासँग भएको खेलमा उनले ह्याट्रिक गरेका हुन् । मेस्सीले पहिलो हाफको १६ औँ मिनेट र दोस्रो हाफको ५८ औँ मिनेटमा गोल गरेका थिए । यस्तै, खेलको ७६औँ उनले गोल गरे ।
ह्याट्रिकसँगै विश्वकपमा मेस्सीको गोल संंख्या १६ पुगेको छ ।
प्रकाशित मिति: ०८:३७ बजे, बुधबार, असार ३, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार












