इराकमाथी नर्वेको फराकिलो जित
नर्वेका लागि अर्लिङ हलाण्डले डेब्यू खेलमा सर्वाधिक दुई गोल गरे । उनले २९ औँ र ४३ औँ मिनेटमा गोल गरेका थिए। खेलको पहिलो हाफको ३९ औँ मिनेटमा इराकका अयाम हुसैनले गोल फर्काएका थिए । पहिलो हाफमा खेल २-१ को स्थितिमा थियो।
काठमाडौं, असार ३ : विश्वकपको खेलमा इराकविरूद्ध नर्वेले फराकिलो जित दर्ता गरेको छ । समूह आइको खेलमा नर्वे ४१ ले विजयी भएको हो ।
नर्वेका लागि अर्लिङ हलाण्डले डेब्यू खेलमा सर्वाधिक दुई गोल गरे । उनले २९ औँ र ४३ औँ मिनेटमा गोल गरेका थिए। खेलको पहिलो हाफको ३९ औँ मिनेटमा इराकका अयाम हुसैनले गोल फर्काएका थिए । पहिलो हाफमा खेल २-१ को स्थितिमा थियो।
दोस्रो हाफको ७१ औँ मिनेटमा नर्वेका मार्टिन आर्डेगर्डले गोल गरेसँगै नर्वेको नतिजा ३-१ बन्यो । इन्जुरी टाइममा इराकका अमेन हुसैनले आत्मघाती गोलगरेपछि जित ४-१ को स्थितिमा पुगेको हो । जितसँगै नर्वेले तालिकामा ३ अंक जोडेको छ ।
प्रकाशित मिति: ०८:१९ बजे, बुधबार, असार ३, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार