मेलम्चीको पानी आगामी आर्थिक वर्षमा काठमाडौं झार्ने, ५ अर्ब बजेट विनियोजन
काठमाडौं, जेठ १५ : सरकारले मेलम्ची खानेपानी आयोजनाको पानी आगामी आर्थिक वर्षमै काठमाडौं झार्ने घोषणा गरेको छ।
गत वर्ष पनि एक बर्ष भित्र....

काठमाडौं, जेठ १५ : सरकारले मेलम्ची खानेपानी आयोजनाको पानी आगामी आर्थिक वर्षमै काठमाडौं झार्ने घोषणा गरेको छ।
गत वर्ष पनि एक बर्ष भित्र मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणा गरेको सरकारले पुनः एक वर्ष म्याद थप गरेको हो।
२० वर्ष अघि सुरु भएको मेलम्ची आयोजनाको काम अहिलेसम्म सम्पन्न हुन सकेको छैन। पटक–पटक म्याद थप हुँदै आएको आयोजनाका लागि सरकारले आगामी आर्थिक वर्षका लागि ५ अर्ब ४६ करोड बजेट विनियोजन गरेको छ।
प्रकाशित मिति: १७:४६ बजे, बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार