Kathmandu Press

ट्युनिसियामाथि स्वीडेनको सानदार जित

सोमबार बिहान मेक्सिकोको मोन्टेरे स्टेडियममा भएको खेलमा स्वीडेनले ट्युनिसियामाथि ५–१ को जित निकल्दै प्रतियोगितामा सानदार सुरुआत गरेको हो। 
ट्युनिसियामाथि स्वीडेनको सानदार जित

काठमाडौं, असार १ : फिफा विश्वकपमा स्वीडेनले सानदार सुरुआत गरेको छ। 

सोमबार बिहान मेक्सिकोको मोन्टेरे स्टेडियममा भएको खेलमा स्वीडेनले ट्युनिसियामाथि ५–१ को जित निकल्दै प्रतियोगितामा सानदार सुरुआत गरेको हो। 

Hardik ivf

खेलमा स्वीडेनका लागि यासिन अयारीले दुई गोल गर्दा अलेज्यान्डर इसाक, भिक्टर ग्योकेरेस र माथिएस सवनवर्गले पनि गोल गरे। ट्युनिसियाका ओमार रेकिकले गोल गरेका थिए।

खेलको सातौं मिनेटमा यासिन अयारीले  गोलमा स्वीडेनले अग्रता लियो। अलेज्यान्डर इसाकले ३०औं मिनेटमा उत्कृष्ट गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारे।  

तर ट्युनिसियाले पहिलो हाफमै गोल फर्काउँदै खेलमा फर्कने प्रयास गरेको थियो। ट्युनिसियाका लागि ओमार रेकिकले ४३औं मिनेटमा गोल गरे। हानीबल मेज्बरीको क्रसमा रेकिकले हेड मार्फत गोल गरे।

दोस्रो हाफमा स्वीडेनले दुई गोल थप्यो । भिक्टोर ग्योकेरेसले ५९औं मिनेटमा गोल गर्दै स्वीडेनलाई ३–१ को अग्रता दिलाएका थिए। 

त्यसपछि स्भानवर्गले ८६औं मिनेटमा स्वीडेनका लागि चौथो गोल गरे। यासिन अयारीले दोस्रो हाफको इन्जुरी टाइमको छैटौं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै स्वीडेनलाई ५–१को जित दिलाए। ट्युनिसियन बुबा र मोरक्कन आमाबाट स्वीडेनमा जन्मेका अयारीले गोलको सेलेब्रेसन भने गरेनन्।
 

प्रकाशित मिति: ११:३९ बजे, सोमबार, असार १, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्