देशभरका १८ सय विद्यालय र ३८ क्याम्पसको भवन पुनर्निमार्ण गरिने
काठमाडौं, जेठ १५ : सरकारले आगामी आर्थिक वर्षमा एक हजार ८ सय विद्यालय भवन र ३८ आंगिक क्याम्पस पुनर्निमार्णका लागि बजेट विनियोजन गरेको छ।
<....
काठमाडौं, जेठ १५ : सरकारले आगामी आर्थिक वर्षमा एक हजार ८ सय विद्यालय भवन र ३८ आंगिक क्याम्पस पुनर्निमार्णका लागि बजेट विनियोजन गरेको छ।
यस्तै सामुदायिक विद्यालयमा कक्षा ६ सम्म अध्ययनरत विद्यार्थीलाई विद्यालयमा टिकाइ राख्न दिवा खाजा कार्यक्रमको लागि ७ अर्ब ५२ करोड विनियोजन गरिएको छ। यसबाट २८ लाख बालबालिका लाभान्वित हुने अर्थमन्त्री डा. युवराज खतिवडाले बताए।
यस्तै आगामी वर्षमा आधारभूत शिक्षामा सबैको पहुँच स्थापित गरिने भएको छ। मातृभाषाको शिक्षालाई मुलधारमा ल्याउने र साक्षर नेपाल घोषणा गरिने मन्त्री खतिवडाले बताए। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम विस्तार गर्न ६ अर्ब बजेट विनियोजन गर्नुको साथै भर्चुअल कक्षा सञ्चालनमा जोड दिइने सरकारले जनाएको छ।
यस्तै निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन २ अर्ब ७६ करोड बजेट विनियोजन गरिएको खतिवडाले बताए। विश्व विद्यालय अनुदान अयोगमार्फत दिइने अनुदानका लागि १७ अर्ब ४३ करोड बजेट विनियोजन गरिएको छ।











