Kathmandu Press

विश्वकपमा दक्षिण कोरियाको पुनरागमन जित

नेपाली समयअनुसार शुक्रबार बिहान भएको खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै दक्षिण कोरिया २-१ गोल अन्तरले विजयी बनेको हो । खेलमा अग्रता भने चेक रिपब्लिकले लिएको थियो । 
विश्वकपमा दक्षिण कोरियाको पुनरागमन जित

काठमाडौं, जेठ २९ : फिफा विश्वकप २०२६ अन्तर्गत समूह ए को खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकविरुद्ध जित हात पारेको छ । 

नेपाली समयअनुसार शुक्रबार बिहान भएको खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै दक्षिण कोरिया २-१ ले विजयी भयाे।

Hardik ivf

यो जितसँगै दक्षिण कोरिया विश्वकपमा सर्वाधिक पुनरागमन जित निकाल्ने एसियन टिम बनेको छ। उसले चौथो पटक पुनरागमन जित निकालेको हो। 

यस्तै, दक्षिण कोरियाले लागतार तेस्रो विश्वकपमा युरोपियन टिमलाई हरायो। यसअघि उसले सन् २०१८मा जर्मनी र सन् २०२२ मा पोर्चुगललाई स्तब्ध बनाएको थियो।

खेलमा अग्रता भने चेक रिपब्लिकले लियो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपछि लाडिस्लाभ क्रेज्कीले दोस्रो हाफको ५९ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । 

६७ औँ मिनेटमा इन–बेओम ह्वाङले गोल गर्दै खेल बराबरीमा ल्याए । ८० औँ मिनेटमा ओ ह्योन–ग्यूले अर्को गोल थप्दै दक्षिण कोरियाको पुनरागमन पूरा गरे । समूहको पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० गोलले हराएको थियो।

प्रकाशित मिति: ०९:५९ बजे, शुक्रबार, जेठ २९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्