Kathmandu Press

आमाको हत्या गरी छोराले गरे आत्महत्या

मोरङ, जेठ १५ : मोरङको बेलबारी नगरपालिका– ४ काकुम बुधबारेका एक युवकले आफ्नै आमाको हत्या गरी आफुले पनि आत्महत्या गरेका छन्। 

बिहीबा....

आमाको हत्या गरी छोराले गरे आत्महत्या

मोरङ, जेठ १५ : मोरङको बेलबारी नगरपालिका– ४ काकुम बुधबारेका एक युवकले आफ्नै आमाको हत्या गरी आफुले पनि आत्महत्या गरेका छन्। 

बिहीबार ३१ वर्षीय जीवन लिम्बूले इँटा प्रहार गरी ६१ वर्षीया आमा देवीकुमारी लिम्बूको हत्या गरेका थिए। इँटा प्रहारबाट देवीकुमारीको घटनास्थलमै मृत्यु भएको थियो।

आमाको हत्या गरी जीवनले छिमेकीको भान्सामा गएर तरकारी काट्ने चक्कुले आफनो घाँटी रेटेका थिए। घाइते भएका जीवनको सामुदायिक नोवेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।

आमा–छोराबीच सामान्य विवाद हुँदा छोराले आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १५:५३ बजे, बिहीबार, जेठ १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्