थप चार जना कोरोना जितेर घर फर्किए
विराटनगर, जेठ १५ : प्रदेश नं १ का थप चारजना कोरोना संक्रमित निको भएर घर फर्केका छन्।
कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रमा उपच....

विराटनगर, जेठ १५ : प्रदेश नं १ का थप चारजना कोरोना संक्रमित निको भएर घर फर्केका छन्।
कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रमा उपचारार्थ उदयपुरको भुल्केका तीन महिलासहित चारजना बुधबार साँझ निको भई घर फर्केको केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जनाकारी दिए।
डिस्चार्ज भएका सबैलाई उदयपुरको भुल्के पठाइएको उनले बताए।
प्रदेशमा कोरोना निको हुनेको संख्या ३० पुगेको छ। केन्द्रमा अहिले ३१ जना संक्रमितको उपचार भइरहेको छ।
प्रकाशित मिति: १३:३९ बजे, बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











