Kathmandu Press

नेपालमा कोरोना निको हुने दर संसारको भन्दा निकै कम

काठमाडौं, जेठ १५ : कोरोना भाइरसको संक्रमण केही दिनयता बढिरहेको छ। तर, चिन्ताको विषय कोरोना संक्रमित निको हुने दर भने संसारको भन्दा निकै कम रहेको छ।

नेपालमा कोरोना निको हुने दर संसारको भन्दा निकै कम

काठमाडौं, जेठ १५ : कोरोना भाइरसको संक्रमण केही दिनयता बढिरहेको छ। तर, चिन्ताको विषय कोरोना संक्रमित निको हुने दर भने संसारको भन्दा निकै कम रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार, बिहीबारसम्म नेपालमा आठ सय ८६ जना संक्रमितमध्ये एक सय ८३ जना निको भएका छन्। यसअनुसार, २० प्रतिशत मात्रै निको भएका छन्। यो भनेको संसारको निको हुने दरभन्दा ५० प्रतिशत कम हो।

विश्व स्वास्थ्य संगठनका अनुसार, संसारभर ५७ लाख ९२ हजार नौ सय ९२ जना कोरोनाबाट संक्रमित भएका छन्। त्यसमध्ये २४ लाख ९९ हजार एक सय ६९ जना निको भएका छन्। यसअनुसार, ४३ प्रतिशत संक्रमित निको भएका छन्।

कोरोना महामारी रहेका प्रमुख देशमा पनि निको हुने दर नेपालको भन्दा बढी छ। अमेरिकामा अहिलेसम्म १७ लाख ४५ हजार आठ सय तीन जनामा कोरोना देखिएको छ। उनीहरुमध्ये चार लाख ९० हजार एक सय ३० जना निको भएका छन्। यसअनुसार, अमेरिकामा २८ प्रतिशत निको भएका छन्।

त्यस्तै, दोस्रो नम्बरमा रहेको ब्राजिलमा चार लाख १४ हजार ६ सय ६१ जना बिरामीमध्ये एक लाख ६६ हजार ६ सय ४१ जना निको भएका छन्। यसअनुसार, ब्राजिलमा ४० प्रतिशत निको भएका छन्।

तेस्रो नम्बरमा रहेको रुसमा पनि निको हुनेदर नेपालको भन्दा बढी छ। रुसमा ३८ प्रतिशत अर्थात एक लाख ८२ हजार दुई सय आठ जना निको भएका छन्। रुसमा अहिलेसम्म तीन लाख ७० हजार चार सय ८० जनामा कोरोना देखिएको छ।

छिमेकी चीन र भारतमा पनि कोरोना निको हुने दर नेपालको भन्दा बढी छ। चीनमा ९४ प्रतिशत संक्रमित निको भएका छन्। अहिलेसम्म ८२ हजार नौ सय ९५ जनामा कोरोना देखिएको छ भने ७८ हजार दुई ७८ जना निको भएका छन्।

त्यस्तै, भारतमा एक लाख ५८ हजार चार सय १५ जनामा कोरोना देखिएको छ भने ६७ हजार सात सय ४९ जना निको भएका छन्। यसअनुसार, भारतमा ४३ प्रतिशत निको भएका छन्।
 

प्रकाशित मिति: १३:०३ बजे, बिहीबार, जेठ १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्