Kathmandu Press

पाँचतले मन्दिर पुनःनिर्माणमा स्काउट लिडर

भक्तपुर, जेठ १५ : भक्तपुरको प्रसिद्ध पाँंचतले मन्दिरको पुनःनिर्माणमा नेपाल स्काउट जिल्ला समिति भक्तपुरका स्काउट लिडरहरु खटिएका छन्।

लकडाउनको....

पाँचतले मन्दिर पुनःनिर्माणमा स्काउट लिडर

भक्तपुर, जेठ १५ : भक्तपुरको प्रसिद्ध पाँंचतले मन्दिरको पुनःनिर्माणमा नेपाल स्काउट जिल्ला समिति भक्तपुरका स्काउट लिडरहरु खटिएका छन्।

लकडाउनको समयमा पनि पाँचतले मन्दिरको पुनःनिर्माण चलिरहेको छ। अहिले मन्दिरको छाना हाल्ने काम भइरहेको छ।

झिंगटी इटाले छाना छाउने परम्पराअनुसार नै काम भइरहेको जनाएको छ। त्यसमा स्काउट लिडर खटिएका हुन। यस अघि मन्दिरको पुनःनिर्माणमा नगरवासीले जनश्रमदान गरेका थिए।

मन्दिर पुनःनिर्माणमा सहयोग गर्न स्काउट लिडरहरु खटिएकोे नेपाल स्काउट जिल्ला समिति भक्तपुरका प्रमुख आयुक्त रामगोपाल कर्मार्चाले बताए।

प्रकाशित मिति: ११:५९ बजे, बिहीबार, जेठ १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्