रुकुम घटना छानविन गर्न उच्चस्तरीय न्यायिक समितिको माग
काठमाडौं, जेठ १५ : रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाको छानविनका लागि उच्चस्तरीय न्यायिक समिति गठन गर्न माग गरिएको छ।
<....
काठमाडौं, जेठ १५ : रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाको छानविनका लागि उच्चस्तरीय न्यायिक समिति गठन गर्न माग गरिएको छ।
दलितसँग सम्बन्धित विभिन्न २१ वटा संघसंस्थाले संयुक्त प्रेस विज्ञप्ति जारी गरि रुकुम घटनामा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उनीहरुले यो घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक समितिको माग गरेका हुन्।
जेठ १० गते प्रेमिकासँग विहे गर्न साथीहरुसँगै जाजरकोटको भेरी नगरपालिका–४ बाट सोती पुगेका २१ वर्षीय नवराज विकको युवतीका गाउँलेले कुटपिट गरि हत्या गरेका थिए। उनका तीन साथीको पनि भेरी नदीमा शव भेटिएको थियो। दुई जना अझै वेपत्ता रहेका छन्।
त्यहि घटनालाई लिएर दलित गैरसरकारी संस्था महासंघका कार्यवाहक अध्यक्ष भक्त विश्वकर्मासहित ३१ जनाले जारी गरिएको संयुक्त विज्ञप्तिमा घटनाको सत्यतथ्य छानविन गर्न माग गरिएको छ। भेरीमा वेपत्ताहरुको तदारुकताका साथ खोजी गर्न, राजनीतिक प्रभावमा नपरी गम्भीरतापूवर्क छानविन गरि दोषीलाई कारबाही गर्न, मृतकका परिवारलाई क्षतिपूर्ति दिन, मृतकका परिवार, आफन्तजन र प्रत्यक्षदर्शीलाई सुरक्षाको प्रत्याभुति गर्न माग गरिएको छ ।
त्यस्तै, रुपन्देहीको देवदहकी अंगिरा पासीका हत्यारालाई पनि कारबाही गर्न माग गरिएको छ। अंगिताको जेठ ११ गते हत्या गरिएको थियो।
उनीहरुले दिनप्रतिदिन बण्रिहेका जातीय विभेद र छुवाछुतका घटनामा अभियोजन, अनुसन्धान र न्यायिक निरुपण हुने व्यवस्थाको सुनिश्चता गरि नागरिकको सम्मानसहित बाच्न पाउने अधिकारको प्रत्योभुति गर्न माग गरेका छन्।











