प्रचण्डको प्रधानमन्त्रीलाई प्रश्न, ‘सहमतिकै भोलीपल्ट जनकपुरमा के भएको हो?’
पाेखरा, फागुन २७ : सरकारसँग सहमति गरेको भोलीपल्टै जनकपुरमा सिके राउतको स्वागतमा लागेको स्वतन्त्र मधेसको नाराका विषयमा नेकपाकै अर्का अध्यक्ष पुष्पकमल द....
पाेखरा, फागुन २७ : सरकारसँग सहमति गरेको भोलीपल्टै जनकपुरमा सिके राउतको स्वागतमा लागेको स्वतन्त्र मधेसको नाराका विषयमा नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहालले चासो लिएका छन् ।
दाहालले सोमबार विहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटगरी जनकपुमार स्वतन्त्र मधेसको नारा लगोको विषयमा चासो राखेका हुन् ।
सोमबार पोखरा पुगेका दाहालले संचारकर्मीहरुसँग कुरा गर्दै जनकपुरमा विषयमा प्रधानमन्त्रीसाग आफुले के भएको भन्ने जानकारी मागेको बताएका छन । ‘जनकपुरमा के भएको हो भनेर मेरोआज विहान मात्र प्रधानमन्त्रीसँग छलफल भएको थियो,’ सञ्चारकर्मीहरुसँग कुरा गर्दै दाहालले भने, ‘यो खाली व्यवहारिक रुपले आफ्नो समूहलाई भएको सहमतिको स्पिरिटबारे बुझाउने समय प्रक्रियाका कारणले मात्र त्यसो भएको हो । सरकारलाई कुनै आशंका छैन भनेर प्रधानमन्त्रीजीले जवाफ दिनु भएको छ ।’
दाहालले सिके राउतसँग भएको सहमतिको नियतमा शंका गर्न आवस्यक नभएको पनि बताए । ‘यदि सहमति विपरित जान थाल्यो भने के गर्ने भन्ने निर्णय गर्ने अधिकार सरकारसँग सुरक्षित छ,’ उनले भने, ‘तर अहिलेनै शंका गर्न आवस्यक छैन ।’
दाहालले सहमतिको बुदा नम्वर दुईका विषयमा देखिएका दुविधा पनि गृहमन्त्रीले संसदमा जवाफ दिएपछि हटेको बताए ।
दाहालले प्रधानमन्त्रीले आफूलाई सिके राउतसँग गरेको तुलनाबारे सोधिएको प्रश्नमा त्यो नबोलेको भएपनि हुन्थ्यो भन्ने जवाफ दिए । ‘ ‘सिके राउतसँग तुलना नगरेको भए पनि हुन्थ्यो,’ दाहालले भने, ‘तुलना गर्दा पनि केही विग्रिए जस्तो लाग्दैन ।’






