Kathmandu Press

डब्लुएससीसीका कार्यकारी निर्देशकमा डोमिनिक ओनियल

काठमाडौं, जेठ १५ : वाटर सप्लाइ एन्ड स्यानिटेसन कोल्याबरेटिभ काउन्सिल (डब्लुएससीसी) र परियोजना सेवाहरूको लागि संयुक्त राष्ट्र संघ कार्यालय (यूएनअप्स)ले....

डब्लुएससीसीका कार्यकारी निर्देशकमा डोमिनिक ओनियल

काठमाडौं, जेठ १५ : वाटर सप्लाइ एन्ड स्यानिटेसन कोल्याबरेटिभ काउन्सिल (डब्लुएससीसी) र परियोजना सेवाहरूको लागि संयुक्त राष्ट्र संघ कार्यालय (यूएनअप्स)ले डोमिनिक ओनियललाई डब्लुएससीसी (पानी आपूर्ति र सरसफाइ सहयोगी परिषद)को कार्यकारी निर्देशकमा नियुक्त गरेको छ।

ओनियलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका उद्योगहरुसम्बद्ध रहेर धेरै वर्ष काम गरेका छन्। उनले २०२० सेप्टेम्बरदेखि नयाँ पदीय जिम्मेवारी सम्हाल्ने संस्थाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

हाल विश्ववन्य जन्तु कोष, अन्तर्राष्ट्रियका प्रमुख सञ्चालन अधिकृतका रुपमा कार्यरत ओनियल ग्लोबल एलाइन्स फर इम्प्रुभ्ड न्यूट्रिसनका गैर–कार्यकारी निर्देशक रहेका छन्। साथै उनी अफ्रिकन विकास बैंक, युकेमा समेत कार्यकारी निर्देशकका रुपमा कार्यरत छन्।

सन् २०२१ मा सरसफाइ तथा स्वच्छता कोषमा परिणत हुन गइरहेको डब्लुएससीसी अहिले आफ्नो ३० वर्षे इतिहासमा सबैभन्दा जटिल स्थितिमाझ रहेको छ।‘ओनियलको जनस्वास्थ्य र वातावरणीय विषयहरुमा रहेको बुझाइ तथा उनको राजनीतिक समझदारीले गर्दा यो संस्था रुपान्तरणको घडीमा उपयुक्त उम्मेद्धारका रुपमा रहेका छन्,’ डब्लुएससीसीकी कार्यकारी अध्यक्ष हिन्त ओमान–खतिबले भनिन्।

डब्लुएससीसीको हालै बसेको स्थायी समिति बैठकले यस संस्थालाई सरसफाइ तथा स्वच्छता कोषको रुपमा अनुमोदन गरेको छ। यो कोषले विश्वमा विद्यमान सरसफाइ, स्वच्छता र महिनावारी स्वास्थ्य संकटमा आइपर्ने चुनौतिलाई समाधान गर्नका लागि विश्वमा कायम रहेको स्रोतको रिक्तता परिपूर्ति गर्न ग्लोबल लगानीको संयन्त्रबाट सहयोग गर्नेछ। यो कोष जनवरी, २०२१ बाट विधिवत रुपमा सुरु हुनेछ।

बेलायत निवासी ओनियलले यमन, इराक, सियरा लियोन र नेपालमा बेलायती सहयोग नियोग (डिफिड)अन्तर्गत वातावरणीय स्वास्थ्य नीति सल्लाहकारका रुपमा काम गरेका थिए। ‘म यो रुपान्तरणको घडीमा डब्लुएससीसीमा सम्बद्ध हुन पाउँदा धेरै खुशी छु, स्वास्थ्य र सरसफाइ धेरै पक्षका लागि एकदमै महत्वपूर्ण कुरा हो,’ ओनियलले भनेका छन्, ‘सबैका लागि स्वच्छता तथा सरसफाइ सुनिश्चित गर्न यो बहुपक्षीय साझेदारीका उपायहरु अवलम्बन गर्दै समस्या समाधान गर्नका लागि सर्वपक्षीय पहल हुनुपर्छ।’

डब्लुएससीसीले नेपालमा पनि खुला दिसामुक्त तथा सरसफाइका क्षेत्रमा महत्वपूर्ण काम गर्दै आइरहेको छ।

प्रकाशित मिति: ११:२९ बजे, बिहीबार, जेठ १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्